संघको प्रथम साधारणसभा सम्पन्न

तुलसीपुर ।

राप्ती अंचल ढुवानी ब्यबसायी संघको प्रथम साधारणसभा तथा अधिबेशन आज तुलसीपुरमा भएको छ ।

तुलसीपुर ट्रान्सपोर्ट नगरको परिसरमा एक कार्यक्रमका बिच साधारणसभा तथा अधिबेशन भएको हो । 

राप्ती अंचल ढुवानी ब्यबसायी संघका अध्यक्ष खेमजंग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सचिब किरणकुमार आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो  भने कोषाध्यक्ष खिम बहादुर वलीले आर्थिक प्रतिबेदन पेश गर्नुभएको होे । 

कार्यक्रममा सचीव र कोषाध्यक्षले पेश गरेको प्रतिबेदन पाश गर्नुका साथै समसामयिक बिषयमा छलफल भएको होे । 

त्यस्तै राप्ती अंचल ढुवानी ब्यबसायी संघको प्रथम अधिबेशनबाट  खेमजंग बस्नेतको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा किरणकुमार आचार्य, सचिबमा चिरन्जीबी पौडेल र कोषाध्यक्षमा खिम बहादुर वली सर्बसम्मत चयन हुनुभएको छ  । सदस्यहरूमा महेश भारती , टोपबहादुर खड्का र बेलबहादुर सार्की चयन हुनुभएको छ ।

नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै अध्यक्ष खेमजंग बस्नेतले सबै सदस्यहरुलाइ ढुवानी ब्यबसायीको हक हितका लागि ऐक्यबद्धता जनाउन आग्रह गर्दै कार्यक्रमको समापन गर्नुभएको होे ।

कार्यसमिति सदस्य महेश भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती अंचल ढुवानी ब्यबसायी संघका कार्यालय प्रमुख राजेश गौतमले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस