
आज मिति २०८० भदौ १८ गते सोमबार, ई.सं. ४ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र कृष्णपक्ष पञ्चमी, नक्षत्र- अश्विनी, योग- वृद्धि, करण-कौलव, चन्द्रराशि- मेष, सूर्योदय ५ः४४ सूर्यास्तः १८ः२० ।
मेष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।
वृष : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।
मिथुन : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।
कर्कट : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।
सिंह : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।
कन्या : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।
तुला : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।
वृश्चिक : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।
धनु : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
मकर : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कुम्भ : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
मीन : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।