तुल्सी–बन्दना टोलको सरसफाई


दाङ ।
तुलसीपुर १० को एक टोलमा सरसफाई गरिएको छ । तुलसीपुर १० राईखलियानमा रहेको तुल्सी–बन्दना नगर टोल विकास संस्थामा सरसफाई गरिएको हो ।

आफ्नो गाउँ स्वच्छ राख्न तथा नजिकिएका चाडपर्वलाई लक्षित गरेर टोलमा सरसफाई गरिएको संस्थाका उपाध्यक्ष सगरत चौधरीले बताउनुभयो ।

त्यस्तै टोललाई सफा राख्न नियमित रुपमा सरसफाई गर्दै आएको संस्थाका सचिव सविता चौधरीले बताउनुभयो । उहाँले टोलको साथसाथै व्यक्तिगत सरसफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभएको हो ।

संस्थाका अध्यक्ष मनोजकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ७० जना बढिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस