दाङ ।
तुलसीपुर १६ रावतगाउँको एक टोलमा सरसफाई गरिएको छ । रावतगाउँमा रहेको शान्ती टोलको सक्रियतामा सरसफाई गरिएको हो । टोलका अध्यक्ष डिल्लीबहादुर वलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्नै अध्यक्ष वलीले टोलको सरसफाई मानिसको जिवनको एक अभिन्न अंगजस्तै भएकाले टोलमात्र नभएर सबैले उत्तिकै चासो दिनुपर्ने बताउनुभएको हो ।
त्यस्तै टोलका सचिव बिष्णु पुनले बर्षायामसँगै फैलिरहेको डेँगीबाट बच्न र नजिकिएका चाडपर्वलाई मध्यनजर गर्दै सरसफाई गरिएको बताउनुभयो । सरसफाई कार्यक्रममा टोलका करिब एकसय बढिको सहभागिता रहेको पत्रकार घनश्याम वलीले जानकारी दिनुभएको हो ।
प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार


