बिजाैरी । तुलसिपुर १९ बिजाैरीमा रहेकाे नयाँ पाइला पुर्नस्थापना केन्द्रमा जनैपूर्णिमा रक्षा बन्धनका अवसरमा सामुहिकरूपमा रक्षा बन्धन कार्यक्रम सम्पन्न भएकाे छ ।
पुर्नस्थापना केन्द्रमा उपचाररत रहेका दाजुभाइलाई दिदी बहिनीहरुलाई सामुहिकरुपमा रक्षाबन्धन डाेरी बाँधिदिनुभएकाे हाे ।
संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालले दाजुभाइ दिदीबहिनीबीचकाे आत्मीयता सद्भाव कायम राख्न र संस्कृति परम्परा जगेर्ना गर्नका लागि सामुहिक रक्षाबन्धन कार्यक्रम राखिएकाे बताउनुभयाे ।
संस्थामा ४० जना उपचाररार्थी रहेका छन्।
प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार


