
दाङ ।
दाङ प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । रुकुमपश्चिम मुसिकोट नगरपालिका घर भइ हाल घोेराही उपमहानगरपालिका वडा नम्बर १६ लेटार बस्ने ४२ बर्षिय हरिशचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
घोराही १६ लेटारमा लुकिछिपि बसेको अवस्थामा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।
कर्तव्य ज्यान मुद्धामा सर्वोेच्च अदालत काठमाडौले २०५७ साल साउन ६ गते ८ बर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो । त्यसयता फरार रहेका पाण्डेलाई पक्राउ गरि सोमबार (आज) जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बुझाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार