भैरहवा। बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको पाँचौ कन्भेन्सन भैरहवामा सम्पन्न भएको छ । शुक्रबारदेखि भैरहवामा सुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको थियो ।
कार्यक्रममा बाल्दै किवानिज इन्टरनेशनल नेपालका गर्भनर लक्ष्मण लम्साल नेपालमा भइरहेको कामको बारेमा जानकारी गराएका थिए । किवानिज इन्टरनेशनलका ASPAC Chair Ms. Belle Gracia ले अन्य विकासोन्मुख देशहरु भन्दा नेपालमा किवानिजले बालकालिकाको क्षेत्रमा उत्साहप्रदरुपमा काम गरेकोमा आफू उत्साहित भएको बताईन ।
किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२३ –२४ का लागी गर्भनरमा तीर्थ कुमार सिंह चयन भएका छन । सिंहले आगामी अक्टोबर १ देखि कार्यभार समाल्नुहुने छ । त्यस्तै गर्भनर इलेक्टमा कृष्ण प्रसाद ज्ञावाली पनि चयन भएका हुन भने भाईस गर्भनरमा डा रामशरण थपलिया अत्याधिक मतले निर्बाचित भएका हुन ।
उक्त उद्घाटन सत्रमा दाङको लर्डवुद्धका सदस्य तथा गायक प्रेम विवश घर्तिले देशभक्ति गित गाएर कार्यक्रमको रौनक समेत वढाएका थिए भने अन्य कलाकारहरुले पनि सांगितिक प्रस्तुती राखेर मनोरञ्जन दिएका थिए ।
सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा भने सन् २०१५ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आईरहेको छ ।