मदिरा सेवन र बिक्रि वितरणमा रोक


रोल्पा ।
रोल्पामा एक वडाले मदिरा सेवन र बिक्रिवितरणमा रोक लगाएको छ । राेल्पाकाे लुङ्ग्री गाउपालिका वडा नम्बर ४ ले वडामा मदिरा सेवन, बिक्रिवितरणसंगै जुवातास खेल्नमा रोक लगाएको हाे ।

वडाले एक सुचना जारी गरी वडामा जाँडरक्सि सेवन र बिक्रिवितरणमा रोक लगाएको हो । जारी सुचनामा जाँड रक्सी खानेलाई २५ हजार रुपैँया जरिवाना गर्ने उल्लेख छ । यस्तै मदिरा बिक्रिवितरण गर्नेलाई ५ हजार जरिवाना तोकिएको छ ।


यस्तै जुवातास खेल्ने र खेलाउनेलाई २५ हजार रुपैँया जरिवाना गरिने भएको छ । मदिरा सेवन र बिक्रिवितरणसंगै जुवातास खेल्ने र खेलाउनेलाई प्रशासनको जिम्मा लगाउने वडाले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस