दाङ ।
ठूलाचौर सामुदायीक वन उपभोक्ता समूहको २४ औं साधारण सभा तथा ७ औं अधिवेशन भएको छ । तुलसीपुर ४ र ७ बनहरीको आयोजनामा साधारणसभा भएको हो । वन समूहका अध्यक्ष फणिन्द्र कुमार भट्राईको अध्यक्षता तथा वडा नम्बर ४ का वडा अध्यक्ष तुलसी थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापामागरले सामुदायिक वन संरक्षण गर्नु सबैको कर्तब्य रहेको बताउनुभयो । विश्वव्यापी जलवायु परिवर्तनमा सामुदायिक वन संरक्षणको महत्वपुणर् भुमिका रहेको बताउनुभयो ।
त्यस अवसरमा प्रहरी बिट खाद्रेका प्रहरी वरिष्ठ हवल्दार बुद्धिराज वली, स्थानिय महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल बोहोरा, राप्रपाका यमलाल पार्दे, विरेन्द्र सामुदायिक वनका टोपबहादुर खड्का, न्याउली सामुदायिक वनका कलसिंह रावतलगाएतकाले बोल्नुभएको हो ।
साधारणसभामा संस्थाका सचिव देवका कार्कीले प्रगति र आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो । त्यस्तै साधारण सभाले भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कर्णसिंह वली, सचिव देवका कार्कि, कोषाध्यक्ष प्रकास कुमार देवकोटा, सह-सचिवमा टिका गिरी रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा दामा भुषाल, दिलिप कुमार देवकोटा, डम्बर कार्की, सिमा थापा बिक, चेतप्रसाद भुसाल, कमला थापा र सुधा खनाल रहनुभएको छ ।
समुहका सल्लाहकार शान्ता सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण समितीका सचिव कार्कीले गर्नुभएको हो ।