स्थानियको सक्रियतामा टोलमा सरसफाई

दाङ ।
तुलसीपुर १० पड्ढामा आज सरसफाई गरिएको छ । तुलसीपुर १० पड्ढामा रहेको लक्ष्मी टोल विकास संस्थाको सक्रियतामा सरसफाई गरिएको छ । बर्षातको समयमा लाग्न सक्ने संक्रामक रोगबाट बच्न र टोललाई सफा र स्वच्छ राख्न टोलमा सरसफाई गरिएको टोलका अध्यक्ष धर्मराज भण्डारीले बताउनुभयो ।

त्यस्तै विभिन्न पर्व नजिकिदै गएकाले टोलको सरसफाई गरिएको वडा नम्बर १० का वडा अध्यक्ष तथा टोलका पूर्व अध्यक्ष  यमराज केसीले जानकारी बताउनुभयो । सरसफाई स्वास्थ्यसंगमात्रै नभएर प्रतिष्ठाको विषयसंग पनि जोडिएकाले नियमित रुपमा सरसफाई गर्नुपर्ने उहाँको भनाई छ ।

त्यस्तै उहाँले टोलहरु सरसफाई कार्यमा सक्रिय भई वडालाई सफा र हराभरा राख्नुपर्ने बताउनुभयो ।

सरसफाइ कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी, स्थानियलगाएत ५० बढिको सहभागीतामा झाडी सफाई, नाला, सडक सरसफाई गर्नुका साथै लामखुट्टेका संभावित बासस्थान समेत नष्ट गरिएको स्थानिय विपिन कालाथोकीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस