तुलसिपुर नगर स्तरिय कराते संघको अध्यक्षमा केसी


तुलसिपुर ।
तुलसिपुर नगर स्तरिय सियोरियो कराते संघको अध्यक्षमा देउचन केसी चयन हुनुभएको छ । नेपाल सितोरियो कराते तुलसिपुर नगर स्तरका सिनियर खेलाडिहरुको आज तुलसिपुरमा भएको भेलाले केसीको अध्यक्षतामा सात सदस्यीय नगर स्तरिय सितोरियो कराते संघ गठन गरेको हो ।

संघको उपाध्यक्षमा सुरेश नेपाली, सचिव दिनेश केसी, कोषाध्यक्षमा पुष्पा नेपाली रहनुभएको छ ।

त्यसैगरी संघको सदस्यमा प्रदिप चौधरी, समृद्धि ती खत्री र साहिल चौधरी रहेको संघका सचिव दिनेश केसीले जानकारी दिनुभएको हो ।

भेला नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपालीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कँराते महासंघका अध्यक्ष पदम बहादुर बस्नेतको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख शान्ती सोमैको राेहवरमा भएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस