विपन्न विद्यार्थीलाई आर्थिक सहयोग


दाङ ।
तुलसीपुर १८ हेमन्तपुरमा रहेको हिमालय इङलिस बोर्डिङ स्कुलमा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङको सहयोगमा कार्यक्रम भएको हो ।

केन्द्रका कार्यक्रम संयोजक कल्पना डाँगीले विद्यालयमा अध्ययनरत विपन्न २ जना छात्रहरुलाई झोला, कापी, कलम वितरण गर्नु भएको हो । उहाँले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै समाजसेवी खिमबहादुर बस्नेतले आफ्नो पहलमा सहयोग सामाग्री जुटाएको बताउनुभयो ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक रमेश पौडेलले आर्थिक रुपले कमजोर विद्याथीहरुलाई सहयोग गरिने बताउनुभयो ।

त्यस अवसरमा छात्रका आमा पवित्रा थापा र हजुरबुवा भिमबहादुर थापालाई सहयोग सामाग्री हस्तातरण गरिएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस