स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम हुने

दाङ ।

रेडियो हाम्रो पहुँचले १४ औं रेडियो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो हाम्रो पहुँचले भोली (मंगलबार) बिहान ११ बजे रक्तदान कार्यक्रम गर्ने स्टेशन म्यानेजर बसन्त पौडेलले जानकारी दिनुभयो ।

एउटा व्यक्तिको रगतले अर्को व्यक्तिको जीवन बाच्ने भएकाले सबैलाई रक्तदान गर्न उहाँले आग्रह गर्नु भएको छ ।

भदौ ५ गते अर्थात भोली हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यलय तुलसीपुर-७ झुमरेमा रक्तदान कार्यक्रम हुने भएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस