आजको मौसमः लुम्बिनी र मधेशका केही स्थानमा हावाहुरीको सम्भावना

दाङ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

चेतावनी

राति कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहिकत भारी वर्षा हुन सक्छ । यसै कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्तो प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम र क्षतिबाट बच्न महाशाखाले अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस