रुकुम पश्चिम ।
रुकुम पश्चिमको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । मुसीकोट नगरपालिका-११ र आठबिसकोट नगरपालिका-६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मुसीकोट नगरपालिका-११ भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको शव स्थानीय सिस्नेखोलीको जङ्गलमा भेटिएको हो । नेपाली गएको साउन १७ गतेदेखि हराउनुभएको थियो ।
त्यस्तै, आठबिसकोट नगरपालिका-६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव भेटिएको छ । फेला परेका शवको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार