प्रहरी बनाईदिने भन्दै ठगि गर्ने एकजना पक्राउ

दाङ । दाङकी एक युवतीलाई प्रहरी बनाईदिने प्रलोभन देखाएर ठगि गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका ८ घरभई हाल काठमाण्डौमा बसोबास गर्दै आएका ५८ बर्षिय नरेश गौतम रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपित गौतमले लमही नगरपालिका ७ कमानपुरकी एक युवतीलाई जागिर लगाईदिने प्रलोभन देखाएर दुईलाख रुपैया लिएर फरार भएका हुन् ।

ठगि गरेर फरार भएका उनलाई दाङ देउखुरी जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी गरि खोजतलास गर्ने क्रममा गत २९ गते काठमाण्डौबाट पक्राउ गरि दाङ ल्याईएको उहाँले बताउनुभयो ।

पक्राउ परेका उनलाई दाङ जिल्ला अदालतबाट ठगि मुद्धामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस