
दाङ ।
दाङको घोराहीमा कुलोमा बगेर पाँच वर्षिय बालकको मृत्यु भएको छ । गयराती ९ बजे घोराही उपमहानगरपालीका १२ ज्यामरिेखोलाका आइतराम बुढाथोकीका ५ वर्षीय छोरा आकाश बुढाथोकीको घर नजिकैको कुलोमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।
परिवारले प्रहरीलाई ९ बजे नै खबर गरेका थिए । बालककोे शव करिब ११ बजे घरदेखि ३ किलोमिटर तल कुलोमा भेटिएको प्रहरीले जनाएको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृतक बालकको पोष्टमार्टम पछि परिवारले शव बुझेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार