जंगली च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु


दाङ ।
दाङको बंगलाचुलीमा जंगली च्याउ खाएर विरामी परेका मध्य एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँएर विरामी परेकी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको उहाँका हजुरबुवा दिनेश नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछी थप उपचारका लागि वुटवल लगेकोमा उतै मृत्यु भएको हो । मृतक अस्मिताकी आमा २७ वर्षिया ईश्वरी सुनारको पनि अवस्था गम्भिर रहेको पाईएको छ ।

उहाँलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसियुमा राखेर उपचार भईरहेको छ । भने उहाँका श्रीमान अजय सुनारको पनि सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस