सल्यान ।
सल्यानमा एक पुरुषको शब फेला परेको छ । सल्यानकाे त्रिवेणी-१ काभ्रा सल्लेरीमा बेवारिसे अवस्थामा पुरूषको शब फेला परेको हो ।
स्थानीय महाभारत सामुदायिक बनमा लास देखेपछि स्थानीयले काभ्रा प्रहरीलाइ जानकारी गराएका थिए ।
रामबजार देखि ७ किलो मिटर पुर्व दक्षिणमा रहेको घटनास्थलमा प्रहरी पुगेको छ ।
प्रहरीलाई जानकारी आएपछि थप अनुसन्धानका लागि लुहामबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरीका कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिनुभयो ।
घटनाको विस्तृत विवरण प्रहरीलाई नै नआएको उहाँले बताउनुभयो ।
मृतकको नाम, थर, वतन र घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
शवलाई प्रहरी मुचुल्का पश्चात पोष्टमार्टमका लागि अस्पताल लिइनेछ ।
प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार