दाङको धारपानीमा आज अन्तिम गंगा आरती हुदै, सहभागी हुन समितिद्धारा सवै भत्तजनमा अनुरोध

धारापानी । दाङको धारपानीमा जारी पुरुषोत्तम महात्म्य एव. श्रृङ्गारिक आरती बोलबममा सिक महा महोत्सवमा आज अन्तिम गंगाआरती तथा दिप प्रज्वलन हुने भएको छ ।


महामहोत्सव सुरु भएदेखी अत्यन्तै उत्साहपूर्ण भत्तजनहरुको सहभागितामा सञ्चालन गरिदै आइएको गंगाआरती तथा दिपप्रज्वलन आज बेलुका अन्तिम पटक गरिने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

अपराहन्न ४ बजेदेखी सुरु हुने गंगाआरतीमा एक करोड बढि दिप प्रज्वलन गरिने समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो । सुरुमा महोत्सवमको अन्तिमदिन एक करोड दिपप्रज्वलन गर्ने लक्ष्य भएपनि बक्ती बाल्न चाहने भत्तजनहरुको संख्या उल्लेख्य भएपछि एक करोड भन्दा बढि दिप प्रज्वलन गर्न थालिएको उहाँको भनाई छ ।

जसका लागि आज दिउसो १२ बजे सम्म बक्ती बाल्न चाहने भत्तजनलाई नामदर्ता गर्न समय छुट्याइएको थियो । अधि कमल मासका समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव घोराही ५ धारपानी स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा गत साउन २ गतेदेखी सञ्चालन हुदै आएको छ ।

मन्दिरको प्रचार प्रसार तथाधर्म र धार्मिक आस्थातप सुढृड बनाउने उदेश्यले सञ्चालित पुरुषोत्तम महात्म्य एव. श्रृङ्गारिक आरती बोलबममा सिक महामहोत्सवमा हजारौ भत्तजनको सहभागिता हुदै आएको छ । सुरुमा महोत्सवमा दैनिकदुई चार सय भत्तजनहरुको सहभागिता होला भन्ने अपेक्षा राखेको भएपनि हरेक दिन हजारौ भत्तजनहरु उपस्थित भैदिदा आफुहरुलाई काम गर्ने थप हौसला मिलेको अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ ।

महामहोत्सवमा अन्तराष्ट्रिय स्वर्ण पदक बिभूषित पण्डित दाङ मसिनाका अमृत शरण देवाचार्यले पुरुषोत्तम महात्म्य प्रवचन दिइरहनुभएको छ । भने वाराणसी समूहले प्रत्येक दिन वेलुकी ६ बजेदेखी ७ बजे सम्म वैदिक श्रृङ्गारिक गंगा आरतीगर्ने गरेको छ ।

महामहोत्सव अवधिभर बिहान ६ बजेदेखी ७ सम्म पतञ्जली योग घोराही नगरसमितिको सहयोगमा योग प्रशिक्षण, ७ देखी ९ बजे सम्म मण्डव पुजा तथा हवन सञ्चालन, ९ देखी ११ बजे सम्म पुरुषोत्तम महात्म्य पाठपारायण, ११ देखी दिउसो ४ बजे सम्म संगीतमय लिलामय पुरुषोत्तम महात्म्य प्रवचन, बेलुही ६ देखी ७ बजे सम्म पुरुषोत्तमएवं बोलबम महाआरती र बेलुकी७ देखी ९ बजे सम्म संगीतमय लिलामय प्रवचन तथा भजन सञ्चालन गरिएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिुनभएकोछ ।

यसैविच आज महोत्सवको अन्तिम गंगाआरतीमा सहभागी हुन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णु राम आचार्यले सवैमा अनुरोध गर्नुभएको छ

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस