दाङ ।
दाङमा चेक अनादर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर १६ का २१ वर्षिय बिरेन्द्र खड्कालाई पक्राउ गरेको हो ।
उनलाई २०७९ साल असार ३० गते दाङ देउखुरी जिल्ला अदालतले चेक अनादर मुद्धामा दुई वर्ष जेल सजाय फैसला गरेको हो । खड्कालाई घोराही-१४ को गोर्खा हस्पीटल नजिकै हिडिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार