दाङ ।
तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालयले निःशुल्क पोशाक वितरण गरेको छ । शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ५ सम्म भर्ना भएका नँया विद्यार्थीलाई पोशाक प्रदान गरिएको हो ।
विद्यालय ब्यवस्थापन समितिको निणर्यअनुसार कक्षा ५ सम्म भर्ना हुन आउने नँया विद्यार्थीलाई सर्ट र पाईन्ट प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिनुभयो ।
आज आइतबार ३६ जना नँया विद्यार्थीलाई वितरण गरिएको हो । नँया पोशाक किन्नुपर्ने आवस्थामा पोशाक पाउँदा अभिभावक बेल बहादुर रौलेले खुसी ब्यक्त गर्नुभयो ।
यसैविच विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयमा राज्यले लगानि गरेको हुदाँ शैक्षिक सुधारको लागि सबै जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा वडा नम्बर ११ का सदस्य प्रभा परियार, शिक्षक बसुन्धरा पाण्डे लगायतले बोल्नुभएको हो । कार्यक्रमको सहजिकरण शिक्षक यज्ञ बहादुर अधिकारीले गर्नुभएको हो । यस अघि विद्यालयले सहयोगी दाताको सहयोगबाट गरीव तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको थियो ।