
दाङ ।
दाङमा खोलाले बगाउँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ । घोराही उपमहानगरपालिका- ११ का ६४ वर्षिय तिलकराम बिकको घोराही ९ कोठरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।
शौच गर्न पत्रेखोलामा गएको बेला विहान साढे आठ बजेतिर उहाँ बेपत्ता हुनुभएको थियो । उहाको शव करिव १० किलोमिटर टाढा फेला परेको डिएसपी गौतमले बताउनुभयो ।
सधैँजसो खोलाको ढिकमा शौच गर्न जाने बिक अबेरसम्म घरमा नफर्किएपछि खोज्न जाँदा छाता, चस्मा र लठ्ठी खोलाको डिलमा रहेको र व्यक्ति नदेखेपछि खोलाले बगाएको भन्दै आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले करिब ७ घण्टापछि शव फेला पारेको हो । शब पोष्टमाटमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको डिएसपी गौतमले बताउनुभयो ।
प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार