दाङमा खोलाले बगाउँदा वृद्ध  बेपत्ता


दाङ ।
दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । शौच गर्न पत्रैखोलामा गएको बेला बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका- ११ का ६४ वर्षिय तिलकराम बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

सधैँजसो खोलाको ढिकमा शौच गर्न जाने बिक अबेरसम्म घरमा नफर्किएपछि खोज्न जाँदा छाता, चस्मा र लठ्ठी खोलाको डिलमा रहेको र व्यक्ति नदेखेपछि खोलाले बगाएको भन्दै आफन्तले प्रहरीलाई खबर गरेका हुन् ।

बिक बिहान करिब साढे आठ बजे बेपत्ता भएको आफन्तले जनाएका छन् । बेपत्ता बिकको खोजी कार्यका जारी रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस