तुल्सिपुर । अस्तु सेलाउन देवघाट पुगेका एक जना युवा नारायणी नदीमा बगेर बेपत्ता भएको छ दिन पुग्दा पनि भेटिएका छैनन् । दाङको तुलसीपुर उपमहानगरपालिका – १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल शुक्रबार बिहान नारायणी नदीले बगाएपछि बेपत्ता हुनुहुन्छ ।
कौवापुरकै मामाका छोरा ३२ वर्षकै रेमन्त बस्नेतको सवारी दुर्घटनामा मृत्यु भए पछि उहाँको मोक्ष प्राप्तिका लागि देवघाटमा अस्तु सेलाउन भनेर लोकेन्द्र साउन १८ गते बेलुका तुलसीपुरबाट एक्लै देवघाट जानुभएको थियोे ।
लोकेन्द्र पछाडि फर्किएर अस्तु सेलाउँदै गर्दा नारायणी नदीमा बगेर बेपत्ता भएको एक जना प्रत्यक्षदर्शीले बताएका थिए । नदीको डिलमा मोबाइल, पर्स, नगद र लत्ताकपडा लगायतका सामग्री राखेर लोकेन्द्र अस्तु सेलाउन दुई नदी मिसिने दोभानमा पुग्नुभएको थियो ।
लोकेन्द्र रेवन्तको अस्तु सेलाउन भनेर घरबाट एक्लै त्यहाँ पुगे पनि दाङकै अन्य व्यक्तिहरू साउन १८ गते देवघाटमा थिए । उनीहरूले पनि लोकेन्द्र बगेको प्रत्यक्ष देखे पनि नारायणी उर्लिएका कारण कसैको केही जोड नचलेको बताएका थिए ।
बेपत्ता लोकेन्द्रको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली आर्मीका साथै गोताखोरहरू समेतले पाँच दिनसम्म खोजी गर्दा पनि फेला पार्न सकेका छैनन् ।