यस्तो छ तपाईंको साउन १९ गते शुक्रबारको राशिफल

आज मिति २०८० साउन १९ गते शुक्रबार, ई.सं. ४ अगष्ट, २०२३ । तिथि- अधिक श्रावण कृष्णपक्ष तृतीया, नक्षत्र- शतभिषा, योग- शोभन, करण- वणिज, चन्द्रराशि- कुम्भ, सूर्योदय ५ः२९, सूर्यास्तः १८ः४९ ।

मेष : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

वृष : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मिथुन : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

कर्कट : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

सिंह : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

कन्या : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

तुला : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

वृश्चिक : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

धनु : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

मकर : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

कुम्भ : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

मीन : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस