
मिति २०८० साउन १४ गते आइतबार, ई.सं. ३० जुलाई, २०२३ । तिथि- आधिक श्रावण शुक्लपक्ष द्वादशी, ६ः५४ बजेपछि त्रयोदशी, नक्षत्र- मूल, योग- वैधृति, करण- वालव, चन्द्रराशि- धनु, सूर्योदय ५ः २६, सूर्यास्तः १८ः५३ ।
मेष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
वृष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
मिथुन : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।
सिंह : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
कन्या : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् ।
तुला : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ ।
वृश्चिक : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
धनु : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।
मकर : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।