
वेलझुण्डी । एउटा विद्या मन्दीर, जहा दिक्षर्थिहरुनै प्रवेश पाएका छैनन् । पुजारीहरु अआफ्नै शैलिमा भड्किइरहेका छन् । कर्मचारीहरु सो विद्यामन्दीरको चौतारामा नयां रजिष्टरमा हाजिरी जनाइरहेका छन् । पठनपाठन ठप्प छ, गूरुहरु घरमै छन् । परीक्षा पछि धकेलिइरहन्छ । आर्थिक बर्षको अन्तमा महत्वपुर्ण विभागहरुमा तालावन्दी भैरहंदा बार्षिक कार्यक्रम निर्माण गरेर बजेट माग्ने काम समेत हुन सकेको छैन । यहि अवस्थाबाट गज्रिरहेको छ, एउटा विद्यामन्दीर नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डि ।
स्ववियु, अनेरास्ववियु र नेविसंघले विभिन्न माग राखेर नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको करीव एक महिना पुगेको छ । तालावन्दीको यो भाइरस पहिलो होइन, बर्ष भरीमा तालावन्दी नभएको सायद कुनै महिना हुंदैन । यो ताालावन्दीको भाइरसले क्यान्सरको रुप धारण गर्दै छ । संभवतः यहि क्यान्सरले लैजाने छ, नेपाल संस्कृत विश्वविद्यालयलाइ । अवस्था यस्तै रहे नेपाल संस्कृत विश्वविद्यालय कुनै वेला थियो, जागिर खान र खुवाउनकालागी मात्र भनेर चिनिने छ । एउटा इतिहासको पानामा लेखिने छ, नेपाल संस्कृत विश्वविद्यालय डिजल्भ भएको परिघटना ।
स्वतन्त्र विद्यार्थि युनियनले विश्वविद्यालयको कार्यालयमा असार ८, अनेरास्ववियुले केन्द्रिय आयुर्वेद विद्यापीठमा असार ३ र नेविसंघले सेवा आयोगको कार्यालय र डीनको कार्यालयमाा असार ९ गते तालाबन्दी गरेका छन् । ती विद्यार्थि संगठनहरुले अ–आफ्नो भागमा परेका विभागमा तालावन्दी गरेका हुन् । फरक तालामुनी फरक फरक माग प्रस्तुत गरिएका छन् । यसरी पटक पटक तालाबन्दी भएपछि उच्च शिक्षा संगै आयुर्वेद चिकित्सक बन्ने सपना वोकेका विद्यार्थिहरु वेचैन छन्, जसलाइ पढाइको भन्दा अन्य परिवेशको कुनै मतलव छैन । आयुर्वेद स्नातक अध्ययन गर्ने जिल्ला वाहिरकी एक विद्यार्थिले भनिन्–‘यसरी पटक पटक तालावन्दी भैरहन्छ भन्ने जानकारी भएको भए सायद मेरो रोजाइमा यो विश्वविद्यालय पर्ने थिएन, अहिले म लगायत धेरै विद्यार्थिहरु वेचैन भएका छौं । उनी जस्तै धेरै विद्यार्थिहरु ताला खुल्योकि भनेर आयुर्वेद क्याम्पसमा आउने गरेका छन्, तर क्याम्पसमा विद्यार्थिको पठन पाठन होइन, छाडा गाइगोरुको रजाइ छ ।
यसलाई राजनीतिक करण गर्नु राम्रो नभएको भन्दै यति धेरै जग्गा भएको विश्वविद्यालयमा राज्यले लगानी गरेको छ । तर, यहाँ विश्वविद्यालय नभएर अन्य कुनै उद्योगहरू सञ्चालन गरेको भए सयौँ जनाले रोजगार पाउने थिए, होला ? तर, यहाँ विश्वविद्यालयमा पढाइ भन्दा राजनीतिक बढि हुँदा खासै राम्रो भएको उपलव्धी हासिल नभएको स्थानिय गिरीराज पाण्डेले भने ।
त्यसो त विद्यार्थी संगठनको एउटै भनाइ छ, माग पुरा नभएपछि तालाबन्दी गर्न बाध्य भयौँ । तर विद्यार्थी संगठनहरुका प्रस्तुत गर्ने माग र वार्गेनिङ गर्ने माग फरक फरक छन् । विद्यार्थि संगठनका नाममा भएका हरेक तालावन्दी कुनै एक आफन्तलाइ जागिर खुवाउने सर्तमा खुलिरहेको अवस्था छ । समग्रमा अहिलेको तालावन्दीको उदेश्य पनि यहि हो, सायद कुनै संगठनको निकटको व्यक्तिलाइ विश्वविद्यालयमा जवर्जस्त तोकादेशका आधारमा जागिरे बनाउनु छ । यस्ता मागका विषयमा विश्वविद्यालयका पदाधिकारीहरु पनि वेखवर छैनन् ।
सायद यहि प्रक्रिया मिलाउदै होलान पदाधिकारीहरु । जग्गादाताहरु आक्रोशमा छन् । स्थानियबासीलाइ विश्वविद्यालयको यो दुराबस्था प्रति चिन्ता छ । तर विश्वविद्यालयमा अहिले आपको वगैचाको रौनक वाहेक केहि छैन । मानौ नेपाल संस्कृत विश्वविद्यालय एउटा आप खेती गर्ने संस्था हो । आप स्याहार्न पनि आफैले नसकेर ठेक्का लगाउने महामहिमहरु विश्वविद्यालयमा आशिन छन् । अध्ययन, अध्यापन र अनुसन्धानको पाटो ओझेलमा परेको छ । यहि कारण स्थानियबासीहरु भनिरहेका छन्, राज्यको यति धेरै लगानी वालुवामा पानी जस्तै बनाउनु भन्दा नेपाल संस्कृत विश्वविद्यालयलाइ सरकारले डिजल्भ गर्नु उपयुक्त हुने छ ।
त्यसो त विद्यार्थि सङ्गठनहरूले भने विश्वविद्यालयले आफूहरूको मागमा बेवास्ता गरेका कारण तालाबन्दी गरेको बताइरहेका छन् । पटक पटक विभिन्न मागहरू बुझाउँदै आएको भएयता पनि विश्वविद्यालयले बेवास्ता गरेपछि अन्तिम विकल्पका रुपमा तालाबन्दी गर्नु परेको केन्द्रिय आयुर्वेद विद्यापीठ बेलझुण्डीका स्ववियु सभापति हेमन्त बन्जाडेले बताए । उनका अनुसार केन्द्रिय आयुर्वेद विद्यापीठ सञ्चालन भएको करिब एक दशक पुग्दा पनि शिक्षण अस्पताल नहुनु, इन्टर्नसिपको भत्ताको उचित व्यवस्थापन नहुनु, पुस्तकालयमा आउने बजेट एकदमै न्यून मात्रा हुनु, छात्रावासको व्यवस्थापन नहुनु जस्ता माग राखिएका छन् । तर समग्रमा ताला खुल्ने छ, कुनै अमुर्त माग पुरा भएपछि, अर्थात जागिर खुवाउने सुनिश्चितता पछि…. ।
हो, विश्वविद्यालयको ताला खुलाउन विद्यार्थि संगठन र विश्वविद्यालयका पदाधिकारीहरु बीच आज बुधवार बार्ता हुंदै छ । सायद एक महिनाको तालावन्दी पछि कसैलाइ कुनै पोष्टमा जागिर खुवाउने सहमती अन्तिम चरणमा पुगेको छ । ‘हो हामी यो विषयमा छलफलमै छौं’, एक जना विश्वविद्यालयका पदाधिकारीले भने, सायद यसै साता ताला खुल्ने छ । समग्रमा ती पदाधिकारीले पनि विद्यार्थि संगठनका माग रोजगारीमा अल्झेको स्वीकार गरे । विद्यार्थिका माग सम्वोधन भन्दा पनि जागिर खुवाउनकालागी हुने तालावन्दीलाइ स्थानियबासीहरु तथा जग्गा दाताहरुले गम्भीरता पुर्वक लिएका छन् ।
यो क्रम यसरीनै अघि बढ्दै गए, अव विश्वविद्यालय डिजल्भ गर्नुको कुनै विकल्प नरहेको एक जग्गादाताले साक्षी खवरलाई बताएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव लामिछानेले विद्यार्थी संगठनहरुसंग वार्ता चलिरहेको मात्र अभिव्यक्ति दिए । ‘सायद यसै साता निकाश निस्कने छ’, उपकुलपति लामीछानेले भने । अरु थप कुरा उनले बताउन चाहेनन् ।
साभारः साक्षी खबर पत्रिका