प्रतिष्ठानमा दुई दिनदेखिको विवाद समाधान, स्वास्थ्य सेवा सुचारु

दाङ३० असार  

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अबरुद्ध रहेको सेवा सुचारु भएको   

गत अस्ती बिहिबार उपचारका क्रममा बालक मृत्यु घट्ना बारे सत्यतथ्य छानविनका लागि समिति गठन गर्नेमृतकका परिवारलाईरोजगारी दिने सहमति भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रबाह हुने स्वास्थ्य सेवा नियमित रुपमा सुचारु भएको हो  

उपचारका क्रममा प्रतिष्ठानमा घोराही उपमहानगरपालिका वडा नम्वर  का ११ बर्षीय बालक आक्रोश नेपालीको उपचारको क्रममामृत्यु भएपछि पीडितका आफन्तहरुले आन्दोलन गर्दा दुई दिनदेखि प्रतिष्ठानले दिने सेवा दिन अबरुद्ध भएको थियो  

प्रतिष्ठानका पदाधिकारी  मृतकका आफन्तहरुको गयराती भएको सवैपक्षिय बार्ताले सहमति जुटाएसँगै अवरुद्ध रहेको स्वास्थ्यसेवा सुचारु भएको प्रतिष्ठानले जनाएको   

अबेरसम्म चलेको बार्ता निष्कर्षमा पुगेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाविकास लामिछानेले जानकारीदिनुभएको   

उहाँका अनुसार पीडित  अस्पताल पक्षबीच घोराही उपमहानगरपालिका वडा नं का वडा अध्यक्ष रामप्रसाद चौधरीकोसंयोजकत्वमा  सदस्यीय छानबिन समिति बनाउने सहमती भएको   

त्यस्तै समितीको सदस्यहरुमा सहायक प्रमुख जिल्ला अधिकारीप्रहरीबाट एक जनाअस्पताल प्रशासनबाट एक जनाराजनीतिकदलका तर्फबाट एक जनापीडित पक्षबाट  जना सदस्य रहने भएका छन्  

समितिले सक्दो चाडो घट्नाबारेमा अध्ययनसँगै सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउने उहाँले बताउनुभयो  त्यसैगरी शैक्षिकयोग्यता अनुसार मृतक एकाघरका नजिकका आफन्तलाई रोजगारी दिनेपीडित परिवारका लागि आर्थिक सहयोग जुटाउनसर्वपक्षीय समिति बनाएर आर्थिक संकलन गर्ने सहमति भएको   

सहमतिसँगै बालकको शव आफन्तले बुझ्ने  अन्त्येष्टि गर्नेउपचारका क्रममा मृत्यु भएका बालकको उपचारका क्रममा लागेकोसम्पूणर् खर्च प्रतिष्ठानले ब्यहोर्न कार्यकारी परिषदमा सिफारिस गर्ने सहमति भएको उपकुलपति डालामिछानेले बताउनुभयो  

छारे रोग सम्वन्धी समस्या भएका बालकको उपचारका क्रममा एमआरआई गर्नका लागि लग्ने क्रममा एमआरआई मेसिनको चुम्बकीयशक्तिले अक्सिजन सिलिन्डर तान्दा चोट लागेर बालकको मृत्यु भएको पीडितको आरोप रहेको  

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस