
दाङ २९ असार ।
नमुना ई बोर्डिंग स्कुलमा एसइई दिएका बिद्यार्थीहरुलाई सम्मान तथा बिदाई गरिएको छ | तुलसीपुर १० पड्ढामा रहेको विद्यालयबाट गत बर्ष को एसईइमा सम्मिलित भई उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मानका साथ बिदाई गरिएको हो |
विद्यालय संचालक समितिका सदस्य नेप बहादुर रोकाको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक तिलकराम केसीको प्रमुखआतिथ्यतामा कार्यक्रम भएको हो |
कार्यक्रममा बोल्ने वक्ताले विद्यालयबाट एसईई उतिर्ण भएर जान लागेका बिद्यार्थी हरुको उज्ज्वल भविष्यको कामना गरेका हुन् |
कार्यक्रममा विशिष्ट अतिथि विद्यालयका सहायक प्रधानाध्यापक बसन्त प्रसाद शर्मा, एकराज भण्डारी, कोपिला महरा, कृष्णअधिकारीलगाएतले विद्यार्थी हरुको उज्ज्वल भविष्यको कामना गर्नु भएको हो |
त्यस्तै विद्यार्थीहरुको तर्फ बाट प्रविन चौधरी, सम्झना रावत, नबिन घर्तिलगाएतका विद्यार्थीहरुले विद्यालयमा अध्यन गर्दा शिक्षकहरुबाट सिकेको ज्ञान व्यवहारमा लागु गर्ने बताएका हुन् | उनीहरुले शिक्षकहरुबाट प्राप्त ज्ञानले भविष्यमा मार्ग दर्शन गर्ने बताएका हुन् ।
नमुना वालक्लबका सचिब सृष्टि चौधरीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका संयोजक चेतनरावतले गर्नु भएको हो |
उक्त विद्यालय बाट गत बर्षको एसईईमा सम्मिलित ४० विद्यार्थी मध्य १० जनाले A+ , २३ जनाले A, ७ जनाले B+ प्राप्त गरेकोविद्यालयका सिक्षक गणेश गौतमले जानकारी दिनु भएको हो |