हाम्रो पहुँच डेरीमा दुध बिक्रि गर्ने किसानलाई अनुदान

दाङ२६ असार 

हाम्रो पहुँच डेरी उद्योगमा दुध बिक्रि गर्ने कृषकलाई अनुदान बाफतको रकम वितरण गरिएको   हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीसंस्था लिमिटेडद्धारा सञ्चालित डेरी उद्योगमा दुध बिक्रि गर्ने ४१ जना कृषकहरुलाई प्रति लिटर  रुपैयाका दरले  लाख बढिकोअनुदान वाफतको रकम बितरण गरिएको हो  

लुम्बिनी प्रदेश सरकारको उत्पादन तथा योगदानमा आधारित कृषक सहयोग कार्यक्रम अन्तर्गत  हाम्रो पहुँच  डेरी उद्योगमा दुध बिक्रिगर्ने किसानलाई  लाख २७ हजार  सय रुपैया हस्तान्तरण गरिएको हो  

४१ जना कृषकले उत्पादन गरेको  लाख ६४ हजार ३० दशमलब २० लिटर बराबर दुधको अनुदान रकम वितरण गरिएको हो संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदामा भट्टकोप्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो  

कार्यक्रममा बोल्ने कृषकले सरकारले उपलब्ध गराउने राहत तथा अनुदान बास्तविक किसानसम्म पुग्न नसकिरहेको अवस्थामा हाम्रोपहुँच मार्फत सञ्चालन भएको डेरीमा दुध बिक्री गर्ने किसानले थोरै भएपनि राहत पाएको बताएका छन् 

राज्यद्वारा प्रदान हुने अन्य धेरै अनुदान वास्तविक कृषकको पहुँचमा नभएको कार्यक्रममा सहभागी किसानले बताएका छन  त्यस्तैबिगतका बर्षमा प्रतिलिटर  रुपैयाका दरले अनुदान प्राप्त गर्दै आएकोमा यो बर्ष रकम घटेर  रुपैया ६१ पैसा प्रतिलिटर भएकोमाभने दुःख ब्यक्त गरेका छन्  त्यस्तै उत्पादन योगदानमा आधारित अनुदान वास्तविक कृषकसम्म पुगेकोले अन्य अनुदानका कार्यक्रमखारेज गरि यस प्रकारको अनुदान वृद्धि गर्न कृषकले माग गरेका छन् 

कार्यक्रममा केन्द्रका प्रमुख भट्टले किसानले पाउनुपर्ने राहत तथा अनुदानमा संस्थाले राम्रो पहल गरेको भन्दै संस्थाको प्रसंसा गर्नुभयो उहाँले बढ्दो महङ्गीको मारमा परेका कृषकलाई यो अनुदानको कार्यक्रमले थोरै भएपनि राहत भएको बताउनुभयो  

त्यस्तै अनुदान रकम गतबर्षको भन्दा घटेर आएको भन्ने प्रशंगमा उहाँले प्रदेश सरकारबाट प्रतिलिटर दुई रुपैयाका दरले आएकोभएपनि आवेदन दिने कृषक बढेकाले दुधको परिणाम अनुसार रकम वितरण गर्दा थोरै घटाउनुपरेको बताउनुभयो 

उहाँले बास्तविक किसानले अनुदान पाउन केहि असहजता भने भएको बताउनुभयो  कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यिय सहकारीसंस्थाका सल्लाहकार भरत भण्डारीले सरकारले बास्तबिक किसानलाई अनुदान दिन सहकारी संस्थामार्फत जानुपर्ने बताउनुभयो उहाँले अझैपनि गैर किसानले भनसुनको आधारमा अनुदान प्राप्त गर्ने तर बास्तविक किसानले सहज तरिकाले प्राप्त गर्न नसक्नु दुःखदभएको बताउनुभयो  

कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अधिकृत भरत देवकोटादाङ जिल्ला दुग्ध उत्पादक कृषक संघकाअध्यक्ष शसिराम बुढाथोकीलगाएतकाले सहकारी संस्थामार्फत दुधको बजारीकरणमात्र नभई अनुदान पनि पाएकोमा खुशि व्यक्तगर्नुभयो 

कार्यक्रमको सहजीकरण हाम्रो पहुँच बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएकोहो 

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस