सुनको गहना लुट्ने दुईजना पक्राउ

तुलसीपुर२५ असार 

दाङको तुलसीपुरमा एक बालकलाई कोठामा थुनेर सुन लुट्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको   प्रहरीले तुलसीपुर– बसपार्कबाट तुलसीपुर बगरपुरका १९ वर्षिय मन्दिप बिक  १८ वर्षिय अरुण गन्धर्वलाई पक्राउ गरेको हो  

उनीहरुले तुलसीपुरको बसपार्कस्थित एक घरमा ती बालकलाई शनिबार दिउँसो चार बजेतिर भित्रै थुनेर चक्कुले घाटी रेट्न खोजीकानमा लगाएको तीन आनाम सुन लुटेर फरार भएका थिए  

सुन लुटेर फरार भएका दुबैजनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो  पिडित पक्षले आजमात्रै जाहेरी दिएकालेअदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ललेजानकारी दिनुभयो  घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो 

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस