
घोराही । दाङमा असार मसान्तसम्म २७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । जिल्लामा असार महिना सकिन लाग्दा पनि २७ प्रतिशत मात्रै धान रोपाइ भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वी प्रसाद लामिछानेले जनाकारी दिनुभएको छ ।
सूचना अधिकारी लामिछानेका अनुसार जिल्लाका दश स्थानीय तह मध्य राप्ती गाउँपालिकामात्रै शतप्रतिशत रोपाइ भएको छ भने गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा ६०/६० प्रतिशत धान रोपाइ भएको छ । त्यस्तै अन्य ७ वटा पालिकामा भने १०÷१५ प्रतिशत मात्रै धान रोपाइ भएको उहाँले बताउनुभयो । यस वर्ष पानी ढिला परेकोले व्याड राख्न ढिलाइ हुदाँ रोपाइमा ढिलाइ भएको बताउनुभयो ।
आकाशे पानीको भरमा खेती गर्ने किसानहरु समयमा पानी नपर्दा धान रोप्न पाएका छैनन् भने रोपेका धानहरु पनि पानी नपर्दा मर्न लागेको किसानहरुको दुखेसो छ । जिल्लामा ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेति गरिदै आएको छ । तर गत वर्ष समयमा पानी नपर्दा ३७ हजार ४३० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइ भएको थियो ।।