आज मिति २०८० असार २१ गते बिहीबार, ई.सं. ६ जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष तृतीया, नक्षत्र- श्रवण, ७ः१० बजेपछि धनिष्ठा, योग- विष्कुम्भ, करण- भद्रा, चन्द्रराशि- मकर, सूर्योदय ५ः १५, सूर्यास्तः १९ः०१ ।
मेष : समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।
वृष : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
मिथुन : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
कर्कट : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।
सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कन्या : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
तुला : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
वृश्चिक : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
धनु : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।
मकर : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।
कुम्भ : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।
मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।