‘उज्यालो अभियान जनताका लागि अति आवश्यक’

प्युठान । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको आयोजनामा सरूमारानी गाँउपालिका प्युठानमा छलफल कार्यक्रममा सम्पन्न भएको छ ।

एनएवीपी नर्वेको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी ’’ छलफल कार्यक्रममा सहभागी जनप्रतिनिधिले पालिकाका जनतालाई उज्यालो अभियान सञ्चालन गरि अन्धोपन लागि साझेदारी गर्ने प्रतिवद्धता बताएका छन् ।

नेत्रज्योति संघ दाङका सदस्य घनश्याम सुवेदीज्यूको अध्यक्षता तथा सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता एव उपाध्यक्ष बसन्ता खड्काको विशिष्ट आतिथ्यतामा भएको छलफल कार्यक्रम अध्यक्ष विश्वकर्माले पालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने बताए ।

’उज्यालो अभियान जनताका लागि अति आवश्यक कार्यक्रमहो पालिकाको अन्धोपन न्यूनिकरणका लागि साझेदारी कार्यक्रमगरि यो बर्ष कम्तीमा पनि आधालाई उज्यालो हामीहरुले प्रर्दान गर्ने म प्रतिवद्धता जाहेर गर्छु —अध्यक्ष विश्वकर्माले भने । उनले यस आर्थिक बर्षमा करिव ४९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको भन्दै अव ३२० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्याङ्गले देखाएको र यस बर्ष आधा आँखा रोगीलाई शल्यक्रिया गरि उज्यालो प्रर्दान गर्ने बताए । उनले आफुपालिकामा आएदेखि २०७४साल देखि आँखा स्वाथ्य सेवालाई प्राथामीक्तामा राखेर काम गरेको बताए ।

त्यस्तै उपाध्यक्ष बसन्ता खड्काले अन्धोपन न्यूनिकरण संगै उपचारमा सहयो गगर्ने बताइन् । उनले रोगलागेर उपचार गर्नु भन्दा आँखाको रोग लाग्न नदिने उपायहरुको बारेमा सचेतना कार्यक्रम पनि सञ्चालन गर्नु पर्ने बताइन् । ‘आँखामा उमेरका कारण रोग लागेपनि अन्यकारणले रोग लाग्नु भन्दा रोग नलागने सचेतना आवश्यक छ —उनले भनिन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकले मानविय विकास संगै आँखा स्वास्थ्य सेवालाई महत्वपूर्ण भएको भन्दै साथ सहयोग हुने बताए । उनले सरकारले लियको आँखा स्वास्थ्य नीति रणनीतिलाई सफल पार्न आफुहरुले सहयोग गर्ने बताए । स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझिले लमही आँखा अस्पताल संग आँखा स्वास्थ्य सेवाका लागि विगत देखि सहकार्य भई रहेको भन्दै पालिकाको अन्धोपन न्युनिकरणका लागि साथ सहयोग हुने बताए । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुले जनतालाई आँखा स्वास्थ्य सेवा दिनु पालिकाको कर्तव्य, जिम्मेवारी भएकाले आँखा सेवामा साझेदारीगर्ने बताएका थिए ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सम्शेर थापाले र नेपाल लुम्विनी प्रदेश, सरुमारानी गाउँपालिकाको अन्धोपनको अवस्था, विगतमा भएका साझेदारी कार्यक्रम ,सहयोगी दातृ निकाय, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीति २०७९÷२०८६ स्थानीय सरकारको दायित्व , नगरपालिका गाउँपालिकाले सञ्चालन गरेको साझेदारी कार्यक्रम, भावि योजना र आगामी आर्थिक बर्षमा हुने साझेदारी कार्यक्रम बारेमा जानकारी थिए ।

थापाले ४सय ३१ जना सो पालिकामा मोतियाविन्दुका विरामीहरु रहेको तथ्याङ्गले देखाएको भन्दै यसमा४९ जना गाउँपालिकाको सहयोग र ६२ जना आफैले शल्यक्रिया गरि उज्यालो प्रर्दान गरेको भन्दै ३२०जना अझै पालिकामा विरामी भएको पाईएको बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस