जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, के-के छन् एजेण्डा

दाङ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा असार ४ गतेका लागि डाकेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले द एसआर होटेल, तिलोत्तमा, रुपन्देहीमा बिहान ९ बजे बस्ने गरी सभा डाकेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखारीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने भएको हुँदा जेठ २२ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्तगर्ने सक्नेछन्।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस