नारायणपुर महाेत्सव : चन्द्र शर्माले दिए बेजोड प्रस्तुति


दाङ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा आज बिहीबार चन्द्र शर्माकाे प्रस्तुति रहेकाे छ ।

नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवकाे पन्ध्रौं दिन पनि गायक शर्माको प्रस्तुतिले उस्तै राैनक थपेकाे हाे ।

गायक शर्माले हेर सानु माया बिना दिन पनि, उखु गुलियाे, गालैमा काेठी, बाच्छीले धान खायाे लगायतका गीत प्रस्तुत गरेका थिए ।

साथै आज महोत्सवमा गायक शरद समीप, टाेपेन्द्र विष्ट, पार्वती चाैधरी, राशी रिजाल,सालिक क्षेत्री , बिरा घर्ती तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनार र डिएमएस डान्स ग्रुप नारायणपुरको प्रस्तुति रहेकाे सांस्कृतिक उपसमितिका संयोजक डिल्ली वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस