बुटवल–पाल्पा सडकखण्डदैनिक ९ घण्टा बन्द हुने

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड भोलिदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि दैनिक ९ घण्टा सडक बन्द गर्न लागिएको हो।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथिबाट ढुङ्गासहितको पहरो खस्ने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागेको जनाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि सडक बन्द गर्ने निर्णय गरेको हो ।

यो समयमा एम्बुलेन्सलगायत अत्यावश्यक गाडी भने चल्न पाउने छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस