दाङमा जनावरको २० किलो सुकुटीसहित १ जना पक्राउ

दाङ । दाङमा जंगली जनावरको २० किलो सुकुटीसहित एक जना पक्राउ परेका छन् ।  बोकेर हिडिरेहका एक ब्यक्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका ७ निवासी ४९ वर्षीय कमानसिंह विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमका अनुसार प्लाष्टिकका दुई वटा बोरामा सुकुटी बोकेर हिडिरेहको भन्ने सूचनाका आधारमा विकलाई राजपुर गाउँपालिका ५ नौसरा नजिकै हुलाकी राजमार्गबाट पक्राउ गरि खोजतसाल गर्दा जनावरको सुकुटी फेला परेको हो ।

पक्राउ परेका विकलाई अनुसन्धानका लागि बन डिभिजन कार्यालय लमहीमा बुझाईएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस