दोश्रो हिरा डाँगी कप फुटबलको फाईनलमा टरिगाउँ

तुलसीपुर। तुलसीपुर वडा नम्बर १२ मा जारी सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को फाईनलमा टरिगाउँ युवा क्लब प्रवेश गरेको छ ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एसएसएफएलाई ट्राईवेकरमा दुईका विरुद्ध चार गोलले पराजित गर्दै टरिगाउँ युवा क्लबले फाईनल यात्रा तय गरेको हो ।

अरनिको मैदानमा भएको शसक्त र शानदार खेलको निर्धारित समय सम्म ३-३ गोलको बराबरी भएपछी खेलको नतिजा ट्राईवेकरबाट निकालिएको हो । यसैबिच प्रतियोगिता अन्तरगत भोलि आइतबार हुने अन्तिम सेमिफाइनलमा लखनउको साहारा फुटबल क्लब र ज्ञानज्योती ईनोभेटिभ तुलसीपुर भिड्नेछ । खेल आइतवार दिउँसो ३ बजे हुनेछ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस