तुलसिपुर नगर स्तरि रनिङ शिल्ड सुरु, तुलसिपुर लाई खेलकुदको हव बनाउछौ – मेयर खड्का

लक्ष्मण बस्नेत । तुलसिपुर उपमहानगरपालिका स्तरिय चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ आज बिहिवार देखि सुरु भएकोछ ।


महेन्द्र माबी तुलसिपुरको आयोजना तथा तुलसिपुर उपमहानगरपालिकाको सहयोगमा संचालित प्रतियोगिताको उद्घाटन तुलसिपुर नगर प्रमुख टिकाराम खड्काले गर्नु भएको हो ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी खड्काले तुलसिपुर उपमहानगर लाई खेलकुदको हवको रुपमा बिकास गर्न आफू लागि पर्ने बताउनु भएकोछ।

भौगोलिक भुबनोट र हावापानीका दृष्टिकोणले उत्तम तुलसिपुर खेलकुदको हव बन्न खेल पुर्वाधार पहिलो आधार हो यसर्थ हामी आगामी वर्ष देखि खेल बिकासको एथेष्ट कार्ययोजना लाई पहिलो प्राथिकतामा राखेर अगाडि बढ्ने तयारीमा छौ उहाँले भन्नुभयो ।


खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका छ, यसले राष्ट्रको पहिचान र चिनारी सदैव उच्च राखेको छ त्यसैले आजै देखि खेल विकासमा जुटौ सबैको सहयोग अनि सहकार्य भयो भने तुलसिपुर नगर खेलकुदको हव अवश्य बन्नेछ उहाँले भन्नुभयो ।

महेन्द्र माबी बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ॠषिराज लहरे अरुणको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी तुलसिपुर नगर उपप्रमुख स्यानी चौधरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

महेन्द्र माबी तुलसिपुरका प्रधानाध्यापक तथा प्रतियोगिताका सदस्य सचिव जित बहादुर थापाको स्वागत रहेको कार्यक्रममा तुलसिपुर नगर शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख चक्र भण्डारी, तुलसिपुर वडा न १८ का अध्यक्ष माधव वलि,ईप्रका तुलसिपुरका प्रमुख पुष्प राज मल्ल, लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन आयोजक बिधालयका शिक्षक गणेश अधिकारीले गर्नु भएको थियो ।

चार दिन सम्म संचालन हुने प्रतियोगितामा तुलसिपुर नगर स्तरका सामुदायिक तथा निजि बिधालय गरि ३३बिधालयको सहभागिता रहेकोछ ।

यसैबिच आज सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड ईभेन्ट्समा गोरखा माबी तुलसिपुर ३ स्वर्ण पदका साथ अग्र स्थानमा रहेको छ । त्यस्तै जनप्रीय बोर्डिङ स्कुल बालापुर २ स्वर्ण, पदकका साथ दोस्रो स्थानमा रहदा सृजना बालबाटिका बिजौरी १ स्वर्ण पदका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तरगत भोलि शुक्रबार एथलेटिक्स, कबड्डी र भलिबल छात्र छात्रा, कराते तर्फ खेलहरु बिहान ८ बजेदेखी सुरु हुनेछ्न् ।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस