
रोल्पा । नेपाल ज्योतिष परिषद्ले रोल्पामा समिति गठन गरेको छ । परिषदले त्रिवेणी गाउँपालिकामा १९ सदस्यीय समिति गठन गरेको हो ।
शनिबार कुलबहादुर रानाको अध्यक्षतामा भएको समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष ज्योतिष मेघराज आचार्य तुफानले ज्योतिष शास्त्र वेदको आँखा मात्र नभएर समाज देश र राष्ट्रको मार्गनिर्देशको माध्यम बन्नुपर्ने बताए । उनले धर्मजिरपेक्षता हटाई सनातन हिन्दुराष्ट्रको आन्दोलन अघि बढाउन आजको भेलाले प्रेरणा प्रदान गरेको बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि ज्योतिष परिषद् लुम्बिनि प्रदेश कोषाध्यक्ष पदम अधिकारी, सनातन हिन्दु परिषद् सदस्य शान्तराम विक, त्रिवेणी गाउँपालिकाका वडाध्यक्षहरु कविराम बुढा, देवराम घर्ती, सुकीला वली, लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वरुण शर्माको शङ्खध्वनी, पण्डित ईश्वरी प्रसाद न्यौपानेको वैदिक मन्त्र सहित स्वस्तिवाचनबटा सुरु भएको थियो भने सनातनी ज्योतिषानुरागीहरु र बाजागाजासहित र्याली निकालिएको थियो ।