फोर्टिनाइन । फाेर्टिनाइन माध्यमिक विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यालयकाे पृष्ठभूमि र हालसम्म आउन विद्यालयले गरेका विभिन्न कार्यका बारेमा विद्यालयका प्रधानाध्यापक वामदेव पाेख्रेले जानकारी दिनुभएको थियाे । कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर १७ का वडाअध्यक्ष थलराज पुरीले संस्थागत विद्यालयले समाजमा राम्रो काम गरेकै कारण लाेकप्रिय बन्दै गएकाे बताउनुभएको थियाे ।
कार्यक्रममा प्याब्सन तुलसीपुर उप महानगर अध्यक्ष गिरिराज डाँगीले समग्र शैक्षिक विकासमा संस्थागत विद्यालयले महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनुभयो । उहाँले आजभोलि सरकारले संस्थागत विद्यालयले झैं सरकारी विद्यालयले समेत कार्य गर्न प्रेरित हुनुले संस्थागत विद्यालय सरकारको नजरमा समेत मार्गनिर्देशक बन्दै गएकाे बताउनुभयो ।
कार्यक्रममा वाेल्ने अन्य वक्ताहरुले पनि विद्यालयले शिक्षालाई जीवनको हरेक पक्षसँग जाेड्नु पर्नेमा जाेड दिनुभएको थियाे ।
विद्यालयका संस्थापक सदस्य केशव रिजालको स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा विद्यालयका अध्यक्ष तथा साे कार्यक्रमका सभापति गेहराज पाैडेलले आगामी दिनमा विद्यालयलाई प्राविधिक रुपमा समेत अब्बल बनाउने जानकारी दिनुभयो ।


