
दंगीशरण । दंगीशरण गाउँपालिकाको आयोजनामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेकुलिमा शुरु भएको छ ।
दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको सभापतित्व प्रतीनिधि शभा सदस्य एबम् पुर्ब सिचाइ मन्त्री दिपक गिरीको प्रमुख आथित्यता तथा लुम्बिनी प्रदेशसभा सदस्य धन बहादुर मास्कि राजेशको बिशिस्ट आथित्यमा रनिङ शिल्डको उद्घाटन गरीएको हो ।
रनिङ शिल्डमा दंगीशरण गाउँपालिकाभित्र रहेका ८ वटा माध्यमिक बिधालयको सहभागिता रहेको दंगीशरण शिक्षा युबा तथा खेलकुद शाखका प्रमुख बिनोद अधिकारीले बताउनुभयो ।
समाजिक बिकाश समितीका सयोजक रोशन जङ शाहको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार