तुलसीपुरमा चोरी गर्ने तीन जना रंगेहात पक्राउ

तुलसीपुर । प्रहरीले तुलसीपुरमा चोरी गर्ने क्रममा तीन जनालाई नगदसहित पक्राउ गरेको छ ।

मंगलबार दिउँसो एक बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्री गाँउस्थित राजकुमार खत्रीको घरमा चोरी गरेर भाग्दै गरेको अवस्थामा तीन जनालाई नगद रुपैँया र गरगहनासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ निवासी २० वर्षिय शरद विक रहेका छन् । उनको साथबाट प्रहरीले नगद १४ हजार ७४० रुपैँया, १ तोलाको सुनको छड्के तिलहरी र २ थान मोबाईल सेट बरामद गरेको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका १७ निवासी २१ वर्षिय बिशाल विक रहेका छन् । उनको साथबाट ७२ हजार २५ रुपैँया नेपाली र भारतीय ४ हजार १० रुपैँया बरामद गरेको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका १६ निवासी २२ वर्षिय बिमल चौधरी पनि पक्राउ परेका छन् । उनीहरु तीनै जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस