
तुलसीपुर । तुलसीपुरमा नवजात शिशुको शव फेला परेको छ ।
आइतबार दिउँसो ४ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ को नवदुर्गा सामुदायिक वनमा शिशुको शव फेला परेको प्रहरीले बताएको छ ।
स्थानीयवासीले शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । ८/९ महिनाको जस्तो देखिने शिशुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
यसबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार