
बिजौरी । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका उपकुलपति यादव प्रकाश लामिछाने प्राध्यापको गुणस्तर दिनप्रति दिन खस्कदै गएको बताए । मंगलबार बेलझुण्डी क्षेत्र विकास समितिको ९ औ वार्षिक साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लामिछानेले अघिल्लो पुस्ताका खारिएका प्राध्यापक जस्तो पछिल्लो पुस्ताको प्राध्यापकहरु नभएको पनि बताए ।
उनले भने, ‘मैले यहाँका मात्र भन्ने खोजेको होइन् । म संस्कृत विश्वविद्यालयको प्राध्यापक भएको हुँदा प्राध्यापक गुणस्तर दिन प्रतिदिन खस्किदै गएको छ । मैले यसो भन्दा मेरा प्राध्यापकहरुले तैले यसो भन्ने भनेर मलाई बाटोमा भेट्दा मेरा प्राध्यापकले मुक्याउन पनि बेर लगाउँदैन् । तर, सत्य के हो ? भने अघिल्लो पुस खारिएको हुँदा उनीहरुले दोस्रो पुस्तालाई पनि खारिएर अगाडि बढाए । अहिलेको पुस्तामा राजनीतिको रग लाग्दा बिग्रिदै गए ।’

उनले राजनीतिको रगले शिक्षकहरुले शिक्षकको मर्यादा भुलेको बताए । उनले भने, ‘कक्षामा पस्दैन्, पसे पनि पढाउँदैनन् । संस्कृति विश्वविद्यालयबाट उत्पादन भएका जनशक्ति एकदमै राम्रो छ । विद्यार्थीहरुलाई कक्षामा गएर राम्रो पढाएपछि विद्यार्थीले राम्रो शिक्षक खोज्छन् । तर, अहिले शिक्षकको मर्यादा भुलेका कारण दिनप्रति दिन खस्कदै गएको छ । उनीहरुलाई जागिरबाट निकाल्न पाउनु कसैको अधिकार छैन् । हाजिर गरेर गए पनि वा नआए पनि हुने भयो ।’
विश्वविद्यालयमा सक्षम कर्मचारी राख्न खोज्दा तालबन्दी गरेको आरोप लगाए । विश्वविद्यालयका पदाधिकारीहरु नियुक्त भएको करिब २० महिनापछि ताला बन्दी भएको भन्दै उनले यहाँका नागरिकहरुले माना काटेर जग्गा दिएर स्थापनागरेको विश्वविद्यालयमा तालाबन्दी हुँदा स्थानीय सरकार तथा नागरिकहरुल साथ नदिएको गुनासो गरे । उनले भने, ‘तपाईहरु आफ्नो मानो काटेर विश्वविद्यालय स्थापना गर्नको लागि सहयोग गर्नुभयो । विश्वविद्यालय स्थापना भएपछि यस क्षेत्रको उन्नति हुन्छ । हाम्रा बालबालिकाहरुले पनि पढ्न पाउँछन् भन्ने उद्देश्य थियोे होला ? तर, म आएको २० महिनापछि यहाँ तालबन्दी भयो । यो तालबन्दी विगतदेखि नै हुने गर्दथ्यो । तर, तपाईहरुले कुनै चासो दिनु भएन् ।’ उनले स्थापना गर्दा जसरी जुन सक्रियता थियो, त्यसैरी नै अहिले विश्वविद्याल सञ्चालनका लागि पनि सक्रिय भएर साथ दिन आग्रह गरे । उनले गलतलाई गलत र सहिलाई सहि भनेर साथ दिन आग्रह गरे ।

उनले विद्यालयलाई स्वतस्फुर्त रुपमा चल्न दिनु पर्नेमा समय समयमा तालबन्दी गरेर पढाइलाई प्रभावित पारेको पनि बताए । आफुले यस विश्वविद्यालयको बारेमा अहिले भिसी भएर आएपछि मात्र नभइ २०५२ सालदेखि नै यसका गतिविधिको जानकार रहेको पनि बताए । उनले भने, ‘म यहाँ आएको करिब २० महिनासम्म शिक्षक र कर्मचारीहरुले शैक्षिक, प्रागिक र प्रशासनिक काममा असर पर्ने गरी तालबन्दी गर्नु हुँदैन्, भनेर सबै जना लाग्नु भयो र तालबन्दी भएन् ।
आफू त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भएको भन्दै विश्वविद्यालयमा पठन पाठनका लागि नआएको पनि बताए । उनले भने, ‘म यहाँ प्रशासनिक संयोजन गर्न आएको हुँ ! म यहाँ पढाउन आएको होइन, मेरो संस्कृतमा ज्ञान छैन् । संस्कृतमा ज्ञान भएको शिक्षा अध्यक्ष हुनुहुन्छ । सरकारले नियुक्ति गर्दा टिममा सन्तुलन मिलाएर राखेको छ ।’ उनले अब आउने दक्ष जनशक्ति विश्वविद्यालयलाई आवश्क छ । त्यो स्वच्छ र खुला प्रतिस्पर्धाबाट छानियोस्, भन्ने मुलमक्सतका साथ २०७८ चैत १६ गते उपप्राध्यापकको लागि खुला विज्ञापन गरिएको भएयता पनि चैत १९ गतेदेखि तालाबन्दी गरेपछि त्यो विज्ञापन तत्काली प्रधानमन्त्रीले अनिश्चित कालिन बन्द गर्दा अहिलेसम्म बन्द रहेको छ ।

उनले भने, ‘केही साथीहरुलाई अब खेलेर सेवा आयोग पास गर्न सकिन्न भनेर नै करारमा राख्नु पर्छ, भनेर धेरैले धम्क्याउनु भयो । त्यसैले अब हामी यो बाटो जानु हुँदैन् । करारमा राख्दा दक्षताको विषयमा सम्झौता गरेको हुन्छ । हाम्रा भविष्यको विद्यार्थी अन्याय गरेको हुन्छ । लगानी गर्ने अभिभावकलाई पनि अन्याय हुन्छ, भनेर करारको बाटो बन्द गर्दा तालाबन्दी भयो ।’
उनकाअनुसार विश्वविद्यालयमा करारमा राख्दा पछि दबरन्दी अनुसार विशेष आन्तरिक प्रक्रिया भनेर सभाबाट पास गरेर विज्ञापन गर्ने र विषयगत भन्दा टाउको गनेर हुन्छ । त्यसैले त्यसलाई रोक्नको लागि सक्षक र विषयगत हुनु पर्छ, भनेर खुला विज्ञापन गरेको भएयता पनि त्यसैका विरोधमा ताला लागेको बताए ।

उनले विश्वविद्यालयमा तालाबन्दी भएपनि त्यसलाई समाधान गर्नको लागि यहाँका कर्मचारीहरुसँग छलफल गर्दा समेत कुनै सहयोग नपाएको बताए । उनले दुई जना कर्मचारी बाहेक सबै दाङ जिल्लाका भए पनि तालाबन्दीको बारेमा आफ्नो क्वाटरमा बोलाएर छलफल गर्दा कसैले सहयोग नगरेको गुनासो गरे । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओली हुँदा नियुक्त भएर आए पनि आफूले कुनै पनि आग्रह, पूर्वाग्राह राखेर काम नगरेको पनि बताए । उनले भने, ‘ब्यक्तिगत रुपमा को कसले नियुक्त गरेर आयो, भन्दा पनि उसको व्यवहारमा परिवर्तन छ, की छैन्, भन्ने हुन्छ । मैले राजनीतिक आग्रह वा पूर्वाग्राह राखेर कुनै पनि कर्मचारी र शिक्षकलाई भेद गरेको छैन् ।’
उनले यही गतिमा विश्वविद्यालय जानु भन्दा यसलाई अध्ययन संस्थानका रुपमा बिउझाउनु पर्ने पनि बताए । उनले भने,‘ म पछाडी अब एक÷दुई जना भिसी हुन सक्छन् । तर, यही गतिमा विश्वाविद्यालय गएमा काम छैन् । भवनहरु बनिरहेका छन् । तर, विद्यार्थीहरु दिनप्रतिदिन घट्दै गइरहेका छन् । यस्तै भइरहेमा भिसी, रजिष्ट्रार, रेक्टर, डाइरेक्टर सारा राखेर राज्यले भार बोक्नु भन्दा बरु राज्यले अध्ययन संस्थानका रुपमा बुउझाउनु पर्छ ।’
उनकाअनुसार राज्यले विश्वविद्यालय सञ्चालन गर्नको लागि वार्षिक करिब एक अर्ब खर्च गर्न गरेको पनि बताए । उनले यति धेरै खर्च गरेर विश्वविद्यालयबाट राम्रो सक्षम आचार्य पास गरेको १० जना विद्यार्थीहरु निस्कन समेत शंका भएको बताए । उनले भने, ‘परीक्षा नियन्त्रण कार्यालयमा धेरै जना पास भएको देखिन्छ । तर, मैले भन्न खोजको अहिले १० जना पनि एकदमै राम्रा विद्यार्थी निस्कने अवस्था छैन् । त्यसैले मैले अब राम्रो मान्छे निक्लियौँ, भनेर खुला विज्ञापन गरेको हो । त्यही कारण गर्दा विश्वविद्यालयमा तालाबन्दी भएको हो । तर, त्यसको समाधान प्रक्रियामा गएयता पनि यो बारम्बार बल्झिरहन्छ ।’ यो समस्या क्यान्सर रोग जस्तै भएको पनि उनको भनाइ छ । क्यासर भए पनि अलिकति किमो दिएर सेक्दा ठिक भए जस्तो हुन्छ । तर, फेरि उस्तै भइरहन्छ । यो तालझुण्डी रोग पनि बल्झिरहने बताए ।
विकास समितिका अध्यक्ष चन्द्र बहादुर वलीको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि विश्वविद्यालयका शिक्षा अध्यक्ष भीम खतिवडा, कुलसचिव माधव अधिकारी लगायतले बोलेका थिए, भने कार्यक्रमको सहजीकरण समितिका सचिव राजन लामिछानेले गरेका थिए । कार्यक्रममा समितीमा सहयोग गर्न २ जनालाई दोसल्ला ओढाइ सम्मान तथा आविजन सदस्यलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।
साक्षी खबर पत्रीकाबाट