दंगीशरण। दङ्गीशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिता २०७९ आज देखि सुरु भएको छ ।
दङ्गीशरण गाउँपालिका दाङको आयोजनामा संचालित प्रतियोगिताको गाउँपालिका अध्यक्ष शम्भु गिरीले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरिएको हो ।
गाउँपालिकामा खेलकुदको पहुँच अभिवृद्धिसंगै प्रतिभावान खेलाडिको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पालिकाका सात वडाका फुटबल तथा भलिबल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको फुटबल खेलमा वडा नं ६ र ३ सेमिफाइनलमा प्रवेश गरेका छ्न । वडा ६ ले वडा ४ लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । त्यस्तै वडा २ लाई टाईवेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गर्दै वडा ३ ले सेमिफाइनल यात्रा तय गरेको हो ।
सेमिफाइनल खेल भोलि आइतवार हुनेछ्न । खेल अबधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री सुरेश बुढामगर, आदेश केसी, प्रकाश न्यौपाने र राजन जिएम रहेका छन् ।
त्यस्तै भलिबल तर्फ वडा ६, वडा १ र वडा ३ ले सेमिफाइनल यात्रा तय गरेका छन । सेमिफाइनल खेल आइतवार हुने दङ्गीशरण गाउँपालिका सामाजिक बिकास समिती संयोजक तथा प्रतियोगिताका संयोजक रोनजंग शाहले जानकारी दिए ।
यसैबिच दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा स्वागत दङ्गीशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले गरेका थिए ।
कार्यक्रमको संचालन दङ्गिशरण गाउँपालिका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए । प्रतियोगिता माघ १६ गतेसम्म चल्नेछ ।


