जेसिजद्वारा लमहीमा सार्बजनिक पिउने पानीको धारा

लमही । सर्बसाधारणको बाध्यतालाई मध्यनजर गर्दै लमही जेसिजले लमहीमा धारा जडान गरको छ ।

लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी सुजनको कार्यकाल सकिदै गर्दा बजारमा किनमेल गर्न आउनेका लागि खानेपानीको धारा जडान गरिएको हो ।

बजार आउनेहरुका लागि निशुल्क पिउने पानीको धारा समेत नहुदा समस्या हुने गर्दथ्यो । जसले गर्दा पानी किनेर पिउनुपर्ने बाध्यता थियो ।

लमही जेसिजले धमिला बोटमा सार्बजनिक धारा जडान गरेपछि धारा नहुँदाको समस्या हटेको छ । पानी पिउनबाट बञ्चित हुनु नपर्ने बिश्वास गरिएको छ । सार्बजनिक धाराको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । कार्यकालको अन्तिम चरणमा पुण्यको काम गर्न पाउँदा हर्षित भएको जेसिजका अध्यक्ष सुन्दर केसीले बताए ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरले सर्बसाधारणलाई बजार आउँदा पिउने पानीकै समस्या हुने गरेको त्यो काम जेसिजले गरेकोमा धन्यबाद ब्यक्त गरे । सार्बजनिक धाराको संरक्षणमा आफू लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे ।

लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी सुजनको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काको प्रमुख आतिथ्यता एवम् लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरको विशिष्ट आतिथ्यमा धाराको उद्घाटन गरिएको हो ।

प्रदेश सभा सदस्य खड्का काम बिशेषले आउन नपाउँदा भिजिवल कल मार्फत कार्यक्रम गरिएको हो । सार्बजनिक धारा जडाको लागि लमही खानेपानी तथा सरसफाई संस्थाले प्राबिधिक सहयोग गरेको छ ।

लमही जेसीज बर्ष २०२२ का कोषाध्यक्ष अशेष न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका कानुनी सल्लाहकार फणाधर शर्मा ढकालले गरेका हुन ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस