दाङ । राजपुरको शिव सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा विद्या प्रसाद यादव निर्वाचित भएका छन् ।
अध्यक्ष पदका लागि ३ उम्मेद्वार चुनाबी मैदानमा थिए । जसमध्य बिद्याले आफ्ना निकट्तम प्रतिद्वण्दी लालबहादुर यादबलाई २७ मतले पछि पार्दै बिजयी भएका हुन ।
लालबहादुर (चुनाब चिन्ह घोडा) ले १ सय ३१ मत प्राप्त गर्दा बिद्या (चुनाब चिन्ह सुगा) ले १ सय ५८ मत प्राप्त गरे । त्यस्तै अध्यक्षका अर्का उम्मेद्वार रण बहादुर यादब (चुनाब चिन्ह खरायो) ले ७ मत मात्र पाए ।
त्यस्तै सचिबमा तारावती यादब बिजयी भएकी छिन । उनले घोडा प्यानलकी सरस्वती यादबलाई ४ मतले पछि पारिन् । तारावती (सुगा) ले १ सय ४५ मत प्राप्त गर्दा सरस्वतीले १ सय ४१ मत पाइन् । कोषाध्यक्षमा भने घोडा प्यानलका सुवास यादब बिजयी भएका छन् । उनी सुगा प्यानलका धनिराम तेलीलाई ५७ मतले पछि पार्दै बिजयी भएका हुन् । सुवासले १ सय ७४ मत पाउँदा धनिरामले १ सय १७ मत मात्र पाए ।
उपाध्यक्ष पदमा भने सन्तोष कुमार यादबसँगै सह-सचिवमा रामवरण यादव, सदस्यहरुमा प्रभावती यादव, सति चमेला हरिजन, सुनिता यादव र रिता चौधरी निर्विरोध निर्वाचित भएका छन ।
निर्बाचन अधिकृत राम वरण यादबका अनुसार समुहमा ३ सय १२ मतदाता छन । सतप्रतिसत मत खस्न सफल भएपनी ६ मत बदर भयो भने ३ सय ६ मत सदर भएको छ ।
राजपुर गाउँपालिका ३ खरदरिया स्थित रहेको शिव सामुदायिक बनले लमही नगरपालिका वडा नम्बर ७ र ८ का आंशिक क्षेत्र तथा बस्तीहरु पनि ओगटेको छ ।


